दफा १२३
निरीक्षकलाई सहयोग गर्नु पर्ने
(१) कुनै व्यक्तिले झुट्टा बयान दिएमा, दफा १२२ बमोजिम पेश
गर्नु पर्ने विवरण वा कागजात वा अन्य चीज वस्तु पेश नगरेमा, निरीक्षकले सोधेको प्रश्नको जवाफ नदिएमा वा निरीक्षकले जाँचबुझको प्रयोजनको लागि मागेको विवरण नदिएमा निरीक्षकले सो विषयमा लिखित रुपमा अदालत समक्ष उजूरी प्रतिवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजूरी प्रतिवेदन प्राप्त भएमा अदालतले प्रचलित कानून बमोजिम आवश्यक कुरा बुझी कुनै व्यक्ति दोषी ठहरेमा अदालतले दफा १६२ बमोजिम उचित ठहराएको सजाय गर्न सक्नेछ ।